योगेश भट्टराईको प्रश्न : एमाले विरुद्धको गठबन्धन किन ?

​​​​​​​काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले विरुद्धको गठबन्धन किन ? भन्दै प्रश्न गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत सचिव भट्टराईले एक स्ट्याटस लेख्दै एमाले विरुद्धको गठबन्धन किन ? भन्दै प्रश्न गर्नु भएको हो ।

सचिव भट्टराईले वर्तमान सरकार प्रदेशको मन्त्रालय फुटाउँदै बसेको र  यसरी मन्त्रीको सङ्ख्या थप्दै जाँदा राज्यको चालु र अनुत्पादक खर्च बढ्दै गएको टिप्पणी गर्नुभएको छ ।

उहाँले वर्तमान सरकार आवधिक निर्वाचन टार्दै लग्ने र स्वेच्छाचारी ढङ्गले शासन लम्ब्याउन उदृत रहेको समेत उल्लेख गर्नुभएको छ ।

​​​​​​​

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १२ : ५७ बजे