यस्तो छ आजको विनिमय दर

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो

काठमाडौँ ।  सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोलाको ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

आइतबार भने छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।  आइतबारको तेजाबी सुन  प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो  ।

चाँदीको मूल्य पनि घटेको छ । आइतबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २४० रुपैयाँमा भएको छ । ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ११ : १० बजे