दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

लागू औषधसहित दुई जना पक्राउ

सर्लाही । सर्लाही प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

मलङ्गवा–नवलपुर सडक अन्तर्गत कविलासी नगरपालिका–८, मा चेकजाँचका क्रममा आइतबार राति लालबन्दी नगरपालिका–८, का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका–६, का अशोक लामा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीका अनुसार एचआर २६बिपि १८७६ नम्बरको कारमा सवार उनीहरू लागू औषधसहित पक्राउ परेका हुन् । 

उनीहरूको साथबाट डाइलेक्स डिसी १०० एम एल ११ बोटल, नोफिन फेनेरागन ११ एम्पुल र हाई–टिच इन्जेक्सन ३ पिस बरामद गरिएको प्रहरीले जनाएको छ  । 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : २३ बजे