यस्तो छ आजको विनिमय दर

खर्च जुटाउन ‘खाजा घर’ सञ्चालन

बनेपा । पनौती नगरपालिका वडा नं ७  पुरानो बजारस्थित पनौती आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत अस्मिता खनाल  योमरी बनाउन र वितरण व्यस्त छिन् । विद्यालयले मकर मेला लक्षित ‘खाजा घर’ सञ्चालन गरेपछि उनी सहित सो विद्यालयमा अध्ययनरत छात्रछात्रा करिब दुई सातादेखि काममा  व्यस्त भएका हुन् । 

पनौती –४ ज्यापाटीका रञ्जिता थोकर पिठो मुछेर योमरी बनाउँदैमा दिनभर व्यस्त हुन्छिन् । शैक्षिक भ्रमण जानका लागि खर्च जोहो गर्न  ती काम थालेको उनीहरुको भनाइ छ । विद्यालयद्वारा सञ्चालित सो खाजा घरमा  ११ विद्यार्थीले स्वयंसेवकका रुपमा काम गर्दै आएका छन् । उनीहरुको काम योमरी बनाउने, पकाउने, ग्राहकलाई  दिने रहेको छ । दैनिक रु चार हजारदेखि छ÷सात हजारसम्मको योमरी बिक्री हुने गरेको विद्यालयले जनाएको छ । उनीहरुले आलोपालोमा काम गर्दै आएका छन् ।  विद्यालयमा कक्षा सात र आठमा अध्ययनरत ५८ विद्यार्थी भ्रमणको तयारी गर्दैछन् । 

कोरोना सङ्क्रमण जोखिमका कारण अहिले विद्यालय बन्द छ ।  शैक्षिक गतिविधि बन्द रहेको  समयमा विद्यालय भवनमा ‘खाजा घर’ सञ्चालन गरेपछि विद्यार्थीको सीप र स्वयंसेवी काममा सहयोग समेत पुगेको जनाइएको  । सो विद्यालय  पनौती क्षेत्रकै सबैभन्दा पुरानो विद्यालयभित्र पर्ने पनौती – ७ का  लक्ष्मीनारायण ख्वाउजुले बताउनुभयो । 

खाजाघर सञ्चालन गर्न विद्यार्थी मात्रै नभई शिक्षक शिक्षिका पनि उत्तिकै खटिरहनुभएको छ । प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारको नेतृत्वमा सो काम भइरहेको हो । मकर मेला सञ्चालन अवधिभर सञ्चालन हुने खाजाघरबाट  करिब रु ६० देखि ७० हजारसम्म आम्दानी हुने अनुमान गरेको उहाँले बताउनुभयो  । विद्यालयमा २४० विद्यार्थी अध्ययनरत छन् । रासस

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : १३ बजे