यस्तो छ आजको विनिमय दर

सूचना प्रविधि केन्द्रमा निर्देशकसहित कर्मचारीका लागि दरखास्त खुल्यो

काठमाडौँ  । राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशक (उपसचिव)सहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ ।

राष्ट्र स्तरका सबै किसिमका विद्युतीय तथ्याङ्क सङ्कलन गरी सूचना बैङ्कका रूपमा काम गर्ने तथा तथ्याङ्कको सुरक्षित भण्डारण गर्ने लगायत उद्देश्य रहेको यो केन्द्र सिंहदरबारमा छ ।

केन्द्रले सूचना प्रविधि निर्देशक एक जना माग गरेको छ, जसका लागि योग्यता कम्प्युटर विज्ञानमा स्नातकोत्तर वा कम्प्युटर इन्जिनियरमा स्नातकोत्तर वा प्रमुख विषय कम्प्युटर विज्ञान लिएर स्नातकोत्तर गरेको हुनुपर्नेछ ।

केन्द्रले ६ जना कम्प्युटर इन्जिनियर, एक जना इलेक्ट्रिकल इन्जिनियर, चार जना इलेक्ट्रिकल ओभरसियर, चार जना कम्प्युटर टेक्निसियन र एक जना कम्प्युटर अपरेटर माग गरेको छ।  

योग्यता पुगेकाले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : १० बजे