पश्चिमी वायुको सामान्य प्रभाव: आज हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ । 

दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । ‍

मङ्गलवार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ ।  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा  हल्का हिमपात हुनेछ ।

बुधवार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा  हल्का हिमपातको आँकलन गरिएको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७८ माघ १७ गते (सोमबार)
दिउँसो:
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ।  

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ माघ १८ गते (मङ्गलवार)
दिउँसो:
प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । 

प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा  हल्का हिमपातको सम्भावना रहेको छ।

राती: प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । 

प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेस प्रदेश र बागमती प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा  हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ माघ १९ गते (बुधवार)
​​​​​​​दिउँसो:
प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।

राती: सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत प्रदेश नं १ तथा बागमती प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा साथै गण्डकी, बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ७ : ४५ बजे