तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारसँग अनेमसंघको माग

​​​​​​​काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आलटाल गरेको भन्दै एमाले निकट महिलाहरूको सङ्गठन अखिल नेपाल महिला सङ्घले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ ।

संगठनले आज एक विज्ञप्ती जारी गर्दै स्थानीय तहको निर्वाचन नगर्नु भनेको संविधान माथिकै प्रहार भएको बताएको छ । सङ्गठनकी संयोजक थममाया थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘स्थानीय तहको निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्रको रक्षा गर’ भन्दै संविधानको धारा २१४ ले स्थानीय तहको सञ्चालन स्थानीय कार्यकारीबाट हुने व्यवस्था गरेको र निर्वाचित कार्यकारिणीबाहेक स्थानीय तह सञ्चालनका लागि अन्य वैकल्पिक व्यवस्था नभएको भन्दै तत्काल निर्वाचनको मिति घोषणाको माग गरिएको छ ।

विज्ञप्ति :

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ६ : १८ बजे