राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौँ – राष्ट्रियसभाको यही माघ १७ गते बस्ने तय भएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा सोमबारका लागि तय भएको बैठक अर्को सूचना नआएसम्म स्थगित भएको उल्लेख छ ।

     सूचनामा भनिएको छ, “राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावाली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नआएसम्मका लागि उक्त बैठक स्थगित भएको व्यहोरा माननीय सदस्यको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।”

रासस

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ३ : ५१ बजे