दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सयौं ट्रक चालकले क्यानडाको राजधानी घेरे

ओटावा – अमेरिकी सीमा पार गर्न अनिवार्य कोभिड खोप लगाउनुपर्ने सरकारी प्रावधानको विरोधमा क्यानडामा सयौं ट्रक ड्राइभरले राजधानी ओटावामा ट्रक तेर्स्याएर विरोध गरेका छन् ।  फ्रिडम कन्भोय नाम दिइएको सो विराेध प्रदर्शनमा देशको पूर्व र पश्चिमबाट आएका ट्रकले शनिबार राजधानी घेरेका थिए ।

विरोध आयोजना हुनु दुई घन्टाअघि ओटावा सहरका सडकहरु लगातार हर्न बजेका ट्रकले भरिएको एएफपीले जनाएको छ । ‘अनिवार्य खोपको प्रावधान हटाइनुपर्छ । याे प्रावधान अनुचित छ,’ एक प्रदर्शनकारीले भने । प्रदर्शनकारीमध्ये थोरैले मात्र मास्क लगाएका थिए । बाहिरको तापक्रम माइनस २१ डिग्री सेल्सियस भएकाले अधिकांशले टाउकोमा आँखा र मुख मात्र देखिने वस्त्र लगाएका थिए । 

ड्राइभरको प्रदर्शनपछि प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवार सुरक्षाको कारण दर्शाउँदै आवासबाट अज्ञात स्थलतर्फ हिँडेको प्राप्त विवरणमा जनाइएको छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ३ : २४ बजे