आगलागीबाट पाँच लाख बराबरको क्षति

वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित एक घरमा शनिवार आगलागी हुँदा करिब पाँच लाख मूल्य बराबरको धनमाल क्षति भएको छ । 

स्थानीय कलमोदिन मियाँको पक्की घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा करिब रु पाँच लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा रहेको खाद्यान्न, फर्निचरलगायत सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

घरमा लागेको आगो प्रहरी र स्थानीयवासी मिलेर निभाएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ७ : ४० बजे