जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सत्ता गठबन्धनको सुझाव

काठमाडौँ । सत्ता गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सरकारले निर्वाचन आयोगसँग छलफल गरी स्थानीय तहको निर्वाचनको मिति तय गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

बैठकले संविधानसँग बाझिएका कानुनहरूलाई संशोधन गर्नुपर्ने भए त्यसको तयारीका लागि पनि सरकारलाई सुझाव दिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ६ : ४० बजे