‘नेशनल डे कन्सर्ट’ सम्पन्न

द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारबारे छलफल

काठमाडौँ – नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाह र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित पदाधिकारीबीच द्विपक्षीय आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ । त्यस अवसरमा अध्यक्ष श्रेष्ठले नेपालमा औद्योगिक तथा व्यावसायिक वातावरण बनाउन चेम्बरले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जानकारी दिँदै नेपाली उद्योगी व्यवसायी पाकिस्तानसँग आर्थिक सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताउनुभयो ।

उहाँले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, जडिबुटी, खनिज पदार्थ उत्खननलगायत क्षेत्रमा पाकिस्तानी लगानीकर्तालाई अभिप्रेरित गर्न आग्रह गर्नुभयो । चीनले नेपाललाई आठ हजार वस्तुमा दिएको भन्सार सुविधाका कारण नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले पाकिस्तानी लगानीको अपेक्षा नेपालले गरेको उहाँले बताउनुभयो ।
 
पाकिस्तानले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध स्थापित गर्न चाहिरहेको बताउँदै राजदूत शाहले चेम्बरजस्ता निजी क्षेत्रका संस्थाले पारस्परिक व्यापार अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने विचार व्यक्र गर्नुभयो । उहाँले नेपालमा लगानीका सम्भावना र प्रमुख क्षेत्रबारे चासो व्यक्त गर्नुभएको थियो । 
 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ६ : १६ बजे