एमाले जनसङ्गठन समन्वय संयन्त्रको बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले)को जनसङ्गठन समन्वय संयन्त्रको बैठक आज दिउँसो बस्ने भएको छ। 

भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा कोभिड रोकथामको सतर्कता अपनाएर आज दिउँसो ३ः०० बजे बैठक बस्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो। 

चितवनमा सम्पन्न एमालेले १०औँ महाधिवेशनपछि जनसङ्गठन समन्वय संयन्त्र निर्माण भएको थियो । बैठकमा २२ वटै जनसङ्गठनका इन्चार्ज, सह इन्चार्ज र अध्यक्षहरू सहभागी हुनेछन् ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका भानुभक्त ढकाल नेतृत्वको संयन्त्रको बैठकमा सबै जनसङ्गठनका राष्ट्रिय अधिवेशन र सम्मेलन आयोजनाका विषयमा छलफल हुनेछ । 

यसअघिको बैठकले फागुन मसान्तभित्र अधिवेशन र सम्मेलनका लागि आ–आफ्नो कार्य क्षेत्रमा लाग्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ९ : ३७ बजे