दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

जबरजस्ती करणी कसुरमा दुई युवक पक्राउ

दैलेख । जबरजस्ती करणी उद्योग गरेको कसुरमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्लाको दुल्लु नगरपालिका–१२ का २३ वर्षीय मनोज सुनार र जाजरकोट जुनीचाँदे गाउँपालिका–९ का १८ वर्षीय रमेश खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वरप्रसाद साहले बताउनुभयो ।

उहाँका अनुसार सुनारमाथि गत पुस ११ गते १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोप छ । यसैगरी खड्कामाथि १८ वर्षीया किशोरीलाई गत पुस १२ गते जबरजस्ती करणी गरेको आरोप छ । 

प्रहरीमा परेको जाहेरीका आधारमा थप अनुसन्धानका लागि दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : १६ बजे