संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूतमा आचार्य नियुक्त

​​​​​​​काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ । 

राष्ट्रपति  भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकारको सिफारिसमा आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको  राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको  छ । 

 

 

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ३ : ३४ बजे