​​​​​​ गाउँपालिकाबाट ५३ लाख चोरी प्रकरण : वडा सचिव, कार्यालय सहायक र सहयोगी विरूद्धमा मुद्दा दर्ता

​​​​​​​काठमाडाैँ । ​​​​​​​ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको पञ्चकन्या गाउँपालिकाबाट ५३ लाख चोरी भएको विषयमा तीन जनाको विरूद्धमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ताको ५३ लाख चोरी भएको विषयमा वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्र विरूद्धमा मुद्दा दर्ता गरेको हो । आयोगका सहप्रवक्ता वेदप्रसाद भण्डारीले शुक्रबार विशेष अदालत काठमाडाैँमा मुद्दा दयार गरेको जानकारी दिनुभएको छ ।

अख्तियारले जारि गरेको विज्ञप्तिमा अनुसार – "भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर हुन आएको हुँदा निजहरुलाई ऐ. ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ.ऐ. दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम बिगो रु.५३,०१,८५६।– (अक्षेरुपी त्रिपन्न लाख एक हजार आठ सय छपन्न रुपैयाँ) कायम गरी सजाय हुन साथै, ऐ. दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो रकम निजहरु सरिता राउत, रामकुमार गिरी र निलप्रसाद मिश्रबाट असुलउपर हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको" गरिएको छ ।

विज्ञप्ति :

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ३ : २६ बजे