संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य : कमल थापा

काठमाडौँ । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरीत प्रतिगामी कार्य हुने बताउनु भएको छ ।

आज सामाजिक सञ्जाल ट्विटरमार्फत ट्विट गर्दै  नेता थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरीत प्रतिगामी कार्य हुनेछ भनी लेख्नुभएको हो । उहाँले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन नसार्न सरकारलाई सुझाव समेत दिनुभएको छ ।

उहाँले "संविधानमा तिन तहको सरकारको व्यवस्था छ।कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना संविधानमा छैन । यही मान्यता अनुसार पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने कानुन बनेको हो । कुनै पनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरीत प्रतिगामी कार्य हुनेछ" भनी उल्लेख गर्नुभएको छ ।

सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचन आगामी असोजमा गर्ने गरी कानुन संशोधन गर्ने कार्यमा अघि बढेपछि नेता थापाले खबरदारी गर्दै आउनुभएको छ ।

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १२ : ०० बजे