धरहराबाट उपत्यका नियाल्ने रहर

९०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९०० रुपैयाँले सुनको मूल्यमा गिरावट आएको हो । शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको महासंघले बताएको छ । बिहीबार भने छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार तेजावी सुनको भाउ तोलाको ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला एक हजार २९० रुपैयाँमा  कारोबार भएको चाँदी शुक्रबार २५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २६५ रुपैयाँमा भएको छ । 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ११ : ०७ बजे