दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

महोत्तरीबाट प्रतिबन्धित १ सय ६० केजी गाँजा बरामद

महोत्तरी । सशस्त्र प्रहरी बलले महोत्तरीको महोत्तरी गाउँपालिकाबाट १ सय ६० किलोग्राम गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी छिनमस्ता बाहिनीबाट खटिएको टोलीले रानीरतवाडाबाट गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी मधेस प्रदेशका बाहिनीपति गणेश ठाडा मगरका अनुसार गणेश चौधरीको घर पछाडि रहेको  परालको टौवाबाट १ सय ६० गाँजा फेला परेको हो । 

परालको टौवामा लुकाइराखेको १६ पोकामा १६० केजी गाँजा रहेको प्रहरीले जनाएको छ । बरामद भएको गाँजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको ठाडा मगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १० : १० बजे