नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उदयपुरमा एक जनाको मृत्यु 

उदयपुर । नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उदयपुरमा एक जनाको मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेस्थित नाला खन्ने क्रममा ५६ वर्षीय झर्कबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

नाला खन्ने क्रममा माटोको ढिस्को झर्दा उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो ।  गम्भीर घाइते भएका सार्कीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ९ : ५८ बजे