उखु बोकेको ट्याक्टरमा यात्रुवाहक बस ठोक्किँदा सर्लाहीमा दुई दर्जन यात्रु घाइते

सर्लाही । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा उखु बोकेको ट्याक्टरमा यात्रुवाहक बस ठोक्किँदा २४  जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

बिहीबार राति भैरहवाबाट विराटनगर जाँदै गरेको लु२ख ४७५७ नम्बरको बस दुर्घटनामा परेको हो । 

सर्लाहीको  हरिवन–९, सुखेपोखरीमा बिग्रिएर रोकी राखेको ज२त ७८१ नम्बरको ट्याक्टरमा बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । 

बाक्लो हुस्सु र कुहिरोका कारण बस ट्याक्टरमा ठोक्किएको आँकलन गरिएको छ। 

घाइते मध्ये एक पुरुष र एक महिलाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारको लागि विरगन्ज रिफर गरिएको प्रहरीले जनाएको हो । 

बस चालक चालकलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर चालकको पहिचान हुन सकेको छैन ।

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ८ : १४ बजे