‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कृषिमा आत्मनिर्भर हुन यान्त्रिकीकरण आवश्यक: मन्त्री अर्याल

काठमाडौैं – कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताउनुभएको छ । एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)ले सोमवार आयोजना गरेको ‘कृषि यान्त्रिकरणः आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषिमा यान्त्रिकीकरणलाई आवश्यक वस्तुको रुपमा राख्नुपर्ने बताउनुभयो । 

कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०–२५ प्रतिशत किसानको पहुँच रहेको बताउँदै मन्त्री अर्यालले कृषि प्रधान देशमा यो प्रतिशत निकै कम रहेको बताउनुभयो । उहाँले परम्परागत खेतीलाई आधुनिकीकरण र कृषि आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने बताउनुभयो । कृषि यान्त्रिकीरकणका लािग सरकारले नीति बनाई सकेको र त्योअनुसार काम अगाडी बढीसकेको बताउँदै उहाँले सरकारले डिजिटल नेपालको कल्पना गरेको र त्यो अनुसार काम भइरहेको बताउनुभयो । 

कृषि मन्त्रालयले माटोको गुणस्तर मापनका लागि विद्युतीय नक्सा सार्वजनिक गरेको बताउँदै उहाँले कृषि क्षेत्रमा यो एउटा क्रान्ति नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुन माटोमा के तत्व छ, किसानले आफै जानकारी लिएर खेतीपाती गर्दा उत्पादनमा पक्कै पनि वृद्धि हुनेछ । यो कुरालाई अगामी वजेट तथा नीति तथा कार्यक्रममा पनी समेटेर हामी अगाडी बढ्ने सोच बनाएका छौ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा प्राविधिकको व्यवस्था गरिएको भन्दै उहाँले त्यसमा अझै थप गर्दै कृषि ज्ञान केन्द्रसम्म प्राविधकहरु राख्ने तयारी मन्त्रालयले गरिरहेको मन्त्री अर्यालले बताउनुभयो । ‘कृषिमा यान्त्रिकीकरण गरेर नै हरेक वस्तुमा आत्मनिर्भर हुने लक्ष्य रहेको छ, कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण नगरेसम्म आत्मनिर्भर हुन सकिदैनन । यो कुरालाई हामी सबैले मनन् गर्न आवश्यक छ’, उहाँले भन्नुभयो । ‘एक पालिका एक नर्सरी’ नारा लिएर उत्पादनमा वृद्धि गर्ने नीति रहेको बताउँदै उहाँले उच्च स्तरका सिकाइका लागि इजराइली प्रविधि नेपाल ल्याउने सम्झौता समेत भइसकेको जानकारी दिनुभयो ।  

यान्त्रिकीकरणको क्षेत्रमा अनुसन्धान गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरिरहेको बताउँदै उहाँले सानादेखि ठूला खालका अनुसन्धान नार्कबाट भइरहेको बताउनुभयो । कृषिमा यान्त्रिकीकरणका लागि नीजि क्षेत्रको पनि ठूलो भूमिका रहेको बताउँदै मन्त्री अर्यालले नीजि क्षेत्रले प्रसंसनीय कार्य गरेको र कृषि मन्त्रालयले हातोमालो गरेर काम गर्न चाहेको प्रतिवद्धता जनाउनुभयो । 
वैदेशिक रोजगारीको शिलशिलामा युवाहरु विदेशिने अवस्था रहेका कराण गाउँमा महिलाहरुले मात्र कृषि पेशा अगाडी बढाउदै आएको भन्दै उहाँले त्यसका निम्ती अब महिलामैत्री कृषि औजारको अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले गाउँमा पुरुषभन्दा बढी महिलाहरु कृषिमा आवद्ध छन्, उनीहरुलाई उपयुक्त हुने औजारको व्यवस्था गर्न आवश्यक छ । त्यसका निम्ती महिलामैत्री कृषि औजारहरुको अनुसन्धान गरौ ।’

त्यस क्रममा वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले उत्पादनमा वृद्धि र लागत घटाउनका लागि कृषिमा यान्त्रिकीकरण गर्नुपर्ने बताउनुभयो । उत्पादनमा वृद्धि गराउनका लागि यान्त्रिकीकरणमा जोड दिनुपर्ने बताउदै उहाँले उत्पादनसँगै त्यसको वजार व्यवस्थापन पनि जोड दिनुपर्ने बताउनुभयो । यसैगरी नार्कका श्रीमत श्रेष्ठले नेपालमा कृषि प्रविधि र उपकरणको लामो इतिहास नरहेको बताउँदै कृषिबाट युवाहरु पलायन हुन थालेपछि प्रविधि र उपकरणमा ध्यान दिन थालेको बताउनुभयो । 

नेप्लिज सोसाइटी अफ एग्रीकल्चलरका इन्जिनियर देवराज निरौलाले कृषिसँग इन्जिनियरिङ जोडिएन भने त्यसको दिगो विकास गर्न नसकिने बताउदै सरकारले कृषिमा किसान तथा उद्योगीहरुलाई विभिन्न औजार तथा यन्त्रहरु अनुदान तथा सहुलियतमा दिने गरेको भएपनि त्यो कहाँ कसरी प्रयोग भइरहेको छ भन्ने कुराको लेखाजोखा हुनुपर्ने बताउनुभयो । अनाजका अध्यक्ष किरण आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ५ : ११ बजे