साफ यू–१७ च्याम्पियनसिप आजदेखि

ललितपुरमा भेरोसेल खोपको अभाव, बुस्टर डोज नलगाइने

​​​​​​​काठमाडौँ । ललितपुर महानगरपालिकामा भेरोसेल खोपको अभाव भएको छ । 

नेपाल सरकारबाट भेरोसेल खोप उपलब्ध नभएका कारण माघ १४, १६ र १७ गते ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा खोप (बुस्टर) भेरोसेल लगाउने कार्यक्रम स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

“६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई थप मात्रा खोप (बुस्टर) लगाउने गरी कार्यक्रम तय भई सूचना सार्वजनिक गरिएकोमा नेपाल सरकारबाट भेरोसेल खोप उपलब्ध नभएका कारण बाध्यतावश बुस्टर डोजको रूपमा भेरोसेल खोप लगाउने कार्यक्रम हाललाई स्थगित गरी कोभिशिल्ड खोप मात्र लगाइने ब्यहोरा जानकारीका लागी अनुरोध छ” महानगरले जारी गरेको सूचनामा भनिएको छ ।  

दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका ६० वर्षमाथिका व्यक्तिलाई कोभिशिल्डको बुस्टर डोज भने दिइने महानगरपालिकाले जनाएको छ ।  

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ७ : ३६ बजे