आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अस्पतालद्वारा कोभिड खोप नलगाएपछि मुटु प्रत्यारोपण गर्न अस्वीकार

एजेन्सी । अमेरिकाको एउटा अस्पतालले कोभिड(१९ विरुद्धको खोप नलगाएका एक बिरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार गरेको छ। बिरामीको मुटु प्रत्यारोपण नगरिनुका विभिन्न कारणमध्ये खोप नलगाउनु पनि एउटा भएको अस्पतालले जनाएको छ।

एकतीस वर्षीय डीजे फर्गसन नयाँ मुटुको प्रतीक्षामा भएका बिरामी हुनुहुन्छ। तर बोस्टनको ब्रिगम एन्ड विमिन्स हस्पिटलले मुटु प्रत्यारोपण कुरिरहेका बिरामीको सूचीबाट उहाँको नाम हटाएको उहाँका बुबा डेभिडले बताउनुभयो।

डेभिडका अनुसार कोभिड खोप उहाँका छोराको आधारभूत मान्यताविरुद्ध छ र उहाँ खोपमा विश्वास गर्नुहुन्न।

किन हटायो अस्पतालले सूचीबाट ?
अस्पतालले भने आफ्नो नीतिअनुसार काम गरेको जनाएको छ।

ब्रिगम एन्ड विमिन्स हस्पिटलले एउटा वक्तव्यमार्फत् बीबीसीलाई भनेको छ, "उपलब्ध अङ्गहरूको अभावका कारण प्रत्यारोपित अङ्ग पाएका व्यक्ति बाँच्ने सम्भावना उच्च रहोस् भनेर सुनिश्चित गर्न हामी यथासम्भव सबै प्रयास गर्छौं।" बीबीसीबाट

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ७ : ३६ बजे