‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

इरान एसियाबाट कतार विश्वकपमा छनोट हुने पहिलो टिम

काठमाडौँ । इरान एसियाली मुलुकबाट कतार विश्वकप–२०२२ मा छनोट हुने पहिलो टिम बनेको छ । 

बिहीबार राति घरेलु मैदानमा इराकलाई १–० अन्तरले पराजित गर्दै इरान विश्वकपको लागि छनोट भएको हो । 

इरानको जितमा मेहदी तरेमीले ४८औँ मिनेटमा गरेको गोल निर्णायक रह्यो । जीतसँगै एसिया छनोटको तेस्रो चरण अन्तर्गत  समूह ए मा ७ खेलबाट १९ अङ्क बनाउँदै अपराजित इराक शीर्षस्थानमा छ । 

दोस्रो स्थानको साउदीको १७ अङ्क छ । एसिया छनोटको तेस्रो चरणमा दुई समूह विभाजन गरिएको छ । दुवै समूहका शीर्ष दुई टोली सिधै विश्वकपमा छनोट हुनेछन् ।

तेस्रो मध्यको एक टोलीले भने दक्षिण अमेरिकी टोलीसँगै खेल्दै विश्वकप खेल्ने बाटो तय गर्नेछ   । 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ७ : ३२ बजे