दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बोझिनीमा मृत भेटिए थिङ दम्पती

काठमाडौँ –  शङ्खरापुर नगरपालिका–३ बोझिनीमा दम्पती मृत भेटिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

बुधबार राति कोइला बालेर सुतेका ५५ वर्षीय पदमबहादुर वाइवा थिङ र उनकी श्रीमती ४६ वर्षीय फूलकुमारी वाइवा थिङ झ्याल, ढोका बन्द रहेको कोठामा मृत भेटिएको वृत्तका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । 

मृतक दम्पतीको शरीरमा कुनै चोटपटक नभेटिएकाले कोइला बाल्दा झ्याल, ढोका बन्द गरिएकाले निसास्सिएर निधन भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । थिङ दम्पतीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको वृत्तले जनाएको छ । घटनास्थलमा आज वृत्त र महानगरीय प्रहरी प्रभाग साँखुको प्रहरी टोलीले अनुसन्धान गरी शव परीक्षणका लागि महाराजगञ्ज पठाएको हो ।

रासस

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  १० : ०१ बजे