प्रधानमन्त्रीसँग राष्ट्रपति भण्डारीको चासो : स्थानीय तहको चुनाव घोषणामा  किन  ढिलाइ ? 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा बिहीवार दिउँसो शितलनिवास पुग्नुभएको थियो ।   भेटकाक्रममा राष्ट्रपति भण्डारीले   प्रधानमन्त्री देउवासँग स्थानीय तहको चुनावको मिति घोषणामा भएको ढिलाइबारे चासो राख्नुभएको थियो ।  

स्थानीय तहको चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगले समेत सरकारलाई आग्रह गरेको बेला यसबारे राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसँग चासो राख्नुभएको हाे ।

राष्ट्रपति भण्डारीले वैशाखमा स्थानीय तहको चुनाव नहुँदा उत्पन्न हुनसक्ने संवैधानिक संकटको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको बताइन्छ। राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेट नियमित भएको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले  जानकारी दिनुभयो ।

यसैबीच प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न शुक्रबार काग्रेंस केन्द्रीय कार्य समितिको बैठक बोलाउनुभएको छ । बैठक भर्चुअलरुपमा गर्ने तयारी छ ।

 

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ४ : ३२ बजे