थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट २१ हजार ८०८ जनामा परिक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप ५ हजार २९२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ६८७ पुगेको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ४ : ३२ बजे