‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कोरोना सङ्क्रमणका कारण एकको मृत्यु

कनकाई – कोरोना सङ्क्रमणका कारण झापाको कनकाईमा एक महिलाको मृत्यु भएको छ । कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको कनकाईका कोरोना फोकल पर्सन लक्ष्मी अधिकारीले जानकारी दिनुभयो । 
   
    केही दिनअघि भारतको झारखण्डस्थित पाकोड बस्तीमा घर भएकी आफ्नी छोरीसँग भेटघाटका क्रममा छोरीको घर गएकी ती महिला उतै बिरामी परको बताइएको छ । शुरुमा सामान्य रुघाखोकीको समस्या देखिएपछि भारतमै भएको उपचारपछि नेपालमा थप उपचारका लागि उहाँलाई विर्तामोडस्थित एक अस्पतालमा भर्ना गरीएको थियो । अस्पतालमा भर्ना भए लगत्तै भएको कोरोना परीक्षणबाट उहाँको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । 
  
    भेन्टिलेटरसहितको सघन उपचार कक्षमा लगातार १० दिनसम्म उपचाररत महिलाको आज बिहान अस्पतालमै निधन भएको जनाइएको छ । मृतक महिलाको शव नेपाली सेनाले परिवारसहित आफन्तको उपस्थितीमा  कनकाई घाटमा अन्त्यष्टि गरेको छ ।  

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ५ : ४० बजे