१२ हजार थान नक्कली मास्कसहित  ४ जना  पक्राउ

काठमाडौं ।  प्रहरीले १२ हजार थान नक्कली मास्कसहित  चार जना पक्राउ गरेको छ ।  काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा अमेरिकन ब्रान्ड ुथ्री एमु मास्कको लोगो प्रयोग भएको नक्कली मास्क बिक्रीरवितरण भइरहेको सूचनाको आधारमा प्रहरीले त्रिपुरेश्वरको महालक्ष्मी इशान इन्टरप्राइजेज र अनसेट सप्लायर्समा छापा मारेर चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर टिकाथली घर भएका महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक बुद्धिबहादुर कार्की, भोटेबहाल बस्ने श्रयान्स लावती, सङ्खुवासभाको सभापोखरी घर भइ सातदोबाटो बस्ने मुक्तिप्रसाद पोखरेल र भारतको राजस्थानका यश अग्रवाल रहेका छन् ।प्रहरीले उनीहरुलाई   थप अनुसन्धान तथा कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको  जनाएको छ । 

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ४ : १५ बजे