ग्याँस बोक्ने बुलेटको बिचमा च्यापिएर मृत्यु

काठमाडौं – काठमाडौं महानगरपालिका-१६ बालाजु औद्योगिक क्षेत्रभित्र दुई वटा ग्याँस बोक्ने बुलेटको बिचमा च्यापिएर एनएल ०२क्यू ३७२९ नम्बर बुलेटका चालक भारत कोलकत्ता घर भएका ४५ वर्षीय दिलिप राजवंशीको बिहीबार बिहान मृत्यु भएको छ ।

औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्याँस कम्पनीको अगाडि ग्याँस अनलोड गरी पार्किङ गरी राखेको एनएल ०२ क्यू ३७२० नम्बर र एनएल ०२क्यू ३७२९ नम्बरको बुलेटमा च्यापिएर राजवंशी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उपचारको लागि त्रिबि शिक्षण अस्पताल महाराजगंज पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

एनएल ०२ क्यू ३७२० नम्बरको गाडी चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  २ : १३ बजे