‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कानुन मन्त्री बडुलाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री बडुको सचिवालयले जानकारी दिएको छ । उहाँले बुधवार पिसिआर परीक्षण गर्नुभएको थियो। सङ्क्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा हुनुहुन्छ ।

यसअघि, पर्यटन मन्त्री प्रेम आलेलाई पनि कोभिड–१९ सङ्क्रमण भएको थियो । उहाँ सङ्क्रमणमुक्त भइसक्नुभएको छ ।  

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ११ : ३४ बजे