विप्लवका प्रभावशाली नेता सहदेव थारु एमाले प्रवेश

​​​​​​​दाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका प्रभावशाली नेता सहदेव थारु एमाले प्रवेश गर्नुभएको छ । 

एमाले महासचिव शङ्कर पोखरेल गृह जिल्ला दाङ आउनुभएका बेला नेता थारु एमाले प्रवेश गर्नुभएको हो ।

घोराही १४ निवासी थारुलाई एमाले महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शङ्कर पोखरेलले अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ । 

महासचिव पोखरेलसँगै अन्य नेताहरूले पनि उहाँलाई एमालेमा स्वागत गर्नुभएको छ । नेपाली कम्युनिष्ट आन्दोलन र समृद्धिको अभियानमा सघाउन आफू एमाले रोज्न पुगेको बताउँदै थारुले अब अरू दलबाट मुलुकको उन्नति सम्भव नभएको बताउनुभयो ।

 

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ८ : ४५ बजे