उदयपुरमा सेवा लिन खोप कार्ड अनिवार्य

उदयपुर । उदयपुरको अधिकांश सरकारी तथा वित्तीय संस्थाहरूमा सेवा लिन जाँदा कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड लिएर मात्रै प्रवेश पाइने भएको छ । 

जिल्ला प्रशासन कार्यालय उदयपुरले गत आइतबारदेखि खोप कार्ड र माक्स अनिवार्य गरेको छ । खोप कार्ड नहुने र मास्क नलगाउने सेवाग्राहीलाई मूल गेटबाट नै फकाइने गरेको छ ।

त्यसैगरी अन्य सरकारी कार्यालय तथा नेपाल ईन्भेष्टमेण्ट बैङ्क गाईघाट शाखा, राष्ट्रिय वाणिज्य बैङ्क गाईघाट शाखा लगायतमा खोप कार्ड र मास्क अनिवार्य गरेको हो । 

खोप कार्ड र मास्क नलगाई गएका सेवाग्राहीले सेवा लिन पाउँदैनन् । अधिकांश सरकारी कार्यालयहरूले सो निर्णय गरेको जनाएका छन्  । 

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूले कोभिड १९ विरुद्धको खोप कार्ड अनिवार्य लिएर आएको सेवाग्राहीलाई मात्रै सेवा लिन कार्यालय प्रवेश गर्न सुरक्षाकर्मीले दिने गरेका हुन् ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ७ : ५२ बजे