‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भेरी अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु 

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मधुवन नगरपालिका वडा नं ६ निवासी ७१ वर्षीय पुरुषको उपचारका क्रममा मङ्गलवार राती १०ः३० बजे मृत्यु भएको थियो । 

भेरी अस्पतालमा यही माघ १० गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन भर्ना गरिएको थियो । 

यस्तै कालिकोट शुभकालिका वडा नं ५ निवासी १६ वर्षीय बालकको भेरी अस्पतालमा बुधवार बिहान ११ः१५ बजे मृत्यु भएको छ । 

यही माघ ४ गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभपछि भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बुधवार बिहान मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताउनुभयो । 

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ७ : १३ बजे