‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राष्ट्रिय युवा सङ्घको साताव्यापी रक्तदान अभियान सुरु

​​​​​​​भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास अगाडिबाट बुधवार राष्ट्रिय युवा सङ्घ नेपालले सप्ताहव्यापी खुला रक्तदान अभियान सुरु गरेको छ । 

सङ्घले पार्टी अध्यक्ष ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपत्यकामा बढ्दो रगत अभावलाई कम गर्ने उद्देश्यले बुधवारदेखि अभियान सुरु गरेको हो । 

बालकोटस्थित ओली निवास अगाडिबाट सुरु भएको अभियानअन्तर्गत रक्तदान कार्यक्रममा सहभागीलाई हौसला प्रदान गर्दै उहाँले राम्रा कामका लागि सधैँ अगाडि बढ्न युवालाई शुभकामना दिनुभयो । 

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य एवं सङ्घीय सांसद महेश बस्नेतले युवा रगत मात्रै नभई आवश्यक परे देशका लागि बलिदान गर्न तयार भएको र सधैँ सकारात्मक कामका लागि युवा सङ्घ अगाडि बढ्ने बताउनुभयो ।

त्यस्तै, एमालेका पोलिटब्युरो सदस्य एवं सङ्घीय सांसद गोकुल बाँस्कोटाले पनि सहभागीलाई हौसला प्रदान गर्दै अभियानको सफलताको कामना गर्नुभएको थियो । 

त्यस अवसरमा अध्यक्ष ओलीलाई नेता बस्नेतले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मायाको चिनो प्रदान गर्नुभएको थियो भने बस्नेत र नेता बाँस्कोटाले रक्तदातालाई सङ्घले प्रकाशन गरेको पुस्तक ‘तस्बिरमा ओली सरकार’ उपहार प्रदान गर्नुभएको थियो ।

सङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेलले बालकोटबाट सुरु भएको रक्तदान कार्यक्रम उपत्यकाका तीन जिल्लाका १५ ठाउँमा सञ्चालन हुने बताउनुभयो । 

भक्तपुरको बालकोट र दरबार स्क्वायर ललितपुरको जावलाखेल तथा पुल्चोक, काठमाडौँको बानेश्वर, नयाँ बसपार्क, कोटेश्वर, कलङ्की, माइतीघर मण्डला, न्युरोडलगायतका ठाउँमा रक्तदान अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । 

अभियानमा पहिलो दिन ५५ जना रक्तदाताले रक्तदान गरेको राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुर जिल्ला कमिटीका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । 

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ७ : ०५ बजे