स्थानीय चुनावको मिति तोक्न माग गर्दै हेटौंडामा प्रदर्शन 

मकवानपुर – स्थानीय तहको चुनावको मिति तत्काल तोक्न माग गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शन गरिएको छ । नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले सत्तारुढ गठबन्धन विरुद्ध प्रदर्शन गरेको हो । 

संघले स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्नुपर्ने, मूल्य वृद्दि नियन्त्रण गर्नुपर्ने, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै हेटौंडामा प्रदर्शन गरेको हो । 

हेटौंडा बजारमा सरकार विरुद्ध प्रदर्शन गरेपछि बुद्धचोकमा आयोजित सभामा संघका नेताहरुले सरकार चुनावदेखि डराएर भागेको आरोप लगाएका थिए । 

युवा संघ केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य आरती पाठक, दिलु घर्ती, युवा संघ मकवानपुर अध्यक्ष लक्ष्मण उप्रेती, नगर अध्यक्ष राकेश नगरकोटीले सरकारविरुद्ध बोलेका थिए । 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ७ : ५२ बजे