‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चिकित्सक हटाएर कमजोरी लुकाउँदै मेलम्ची अस्पताल,अस्पताल दर्ता नै नभएको खुलासा 

सिन्धुपाल्चोक । मेलम्ची हस्पिटलले आफ्नो विषयमा समाचार प्रकाशन भएपछि हस्पिटलमा कार्यरत चिकित्सक मिलन खड्कालाई बर्खास्त गरेको छ । चक्रपथ डटकममानीजि अस्पतालको बदमासी, तीन वटा अस्पतालमा जाँच्दा तीनवटै रिर्पोट फरक–फरकशीर्षकमा समाचार प्रकाशन गरेको थियो । 

समाचार प्रकाशनभएसँगै अस्पतालले आफ्नो कमजोरी स्वीकार नगरी गुपचुपरुपमा अस्पतालका एक चिकित्सकलाई हटाएको हो । अस्पतालले रेडियोलोजिस्ट मिलन खड्कालाई हटाएको हो ।  यस विषयमा कुरा गर्न खोज्दा अस्पतालका संचालक विष्णु खकुरेलले खड्काबारे दुई वर्षसम्म कुनै गुनासो नआएको बताउँदै कसलाई राख्ने वा  हटाउने आफूहरूको  नीजि मामला भन्दै थप कुरा गर्न चाहेनन् ।’ 

अस्पताल नगरमा दर्ता नै नभएको खुलासा 

मेलम्ची अस्पतालले दिएको रिर्पोट अन्यत्र अस्पतालमा फरक फरक पाइएको समाचार सार्वजनिक भइरहेको बेला उक्त अस्पताल मेलम्ची नगरमा दर्ता नै नभएको खुलासा भएको छ । चक्रपथ डटकमले अस्पतालका विषयमा समाचार सार्वजनिक गरेसँगै अस्पताल भित्रका थप रहस्यहरू सतहमा आउनेक्रम जारी छ । 

स्वास्थ्य संस्था दर्ता निर्देशिकामा २५ शैयाभन्दा मुनीका अस्पतालहरू स्थानीय तहमा अनिवार्य दर्ता हुनुपर्ने प्रावधान भएपनि मेलम्ची हस्पिटल मेलम्ची नगरपालिका दर्ता नै नभई संचालन भइरहेको पाइएको हो । 

यस विषयमा अस्पतालका संचालक खकुरेलले आफू सुरु देखि नै अस्पताल दर्ताका लागि लागिपरे पनि राजनीतिक स्वार्थका कारण आफ्नो हस्पिटल दर्ता नगरिएको गुनासो गरे । उनले चक्रपथमा प्रकाशन भइरहेका समाचारहरूलाई ‘प्रोपोगाण्डा’ मात्र भएको बताए । 

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ५ : ४६ बजे