यी हुन मन्त्रिपरिषद् बैठकले गरेका ९ निर्णयहरु

काठमाडौं – यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णयहरु आज सार्वजनिक भएको छ ।

आज (बुधबार) सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले गरेका ९ निर्णयहरु सार्वजनिक गरेका हुन् ।

यी हुन मन्त्रिपरिषद् बैठकले गरेका ९ निर्णयहरु:

१. विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने जापानी येन २५४१ मिलियन (करिव रु. २ अर्व ६१ करोड) सम्मको अनुदान सहायता स्वीकार गर्ने।

२. नेपाल विद्युत प्राधिकरण अन्तर्गतका विभिन्न प्रसारण लाइन तथा सवस्टेशन मन्त्रालय आयोजनाको लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने र प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्ने।

३. संगठन तथा व्यवस्थापन सर्भेक्षण पुनरावलोकनको लागि सैद्धान्तिक स्वीकृति दिने।

४. कृषि तथा वन विज्ञान विश्व विद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गरिबी निवारण मन्त्रालय गराउन स्वीकृति दिने।

५. भोजपुर जिल्लास्थित नेपाली सेनाको श्री फष्टराइफल गणको ब्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीय व्यक्तिहरूको स्वामित्वमा रहेको करिब २०-१५-०-२ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने।

६. कञ्चनपुर र कैलालीमा एकीकृत फोहरमैला व्यवस्थापन प्लान्ट स्थापनार्थ कञ्चनपुरको शुक्लाफाँटा न.पा. र कैलालीको गोदावरी न.पा.को वन क्षेत्रभित्र पर्ने जग्गा प्रयोग गर्न स्वीकृति दिने।

७. विभिन्न समयमा छपाई भएका, प्रकाशन नभएका र चलनचल्तीमा ल्याउन मन्त्रालय नसकिएका हुलाक टिकट र हुलाक स्टेशनरीहरु प्रचलनमा नल्याउने र कानून बमोजिम नष्ट गरी मिनाहा गर्न स्वीकृति दिने।

८. स्वास्थ्य बीमा बोर्डको अस्थायी दरबन्दी स्वीकृत गर्ने

९. लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा, समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरूलाई सम्बन्धित सेवा, समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा नियुक्त तथा पदस्थापन गर्ने।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ३ : २२ बजे