सरकारले हचुवामै सार्वजनिक गर्यो लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनसंख्या

काठमाडौँ –  सरकारले हचुवाको भरमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनसंख्या करिब ६ सय रहेको बताएको छ । 

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिए पनि केन्द्रीय तथ्यांक विभागका अनुसार भौतिक उपस्थितिमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनगणना हुन नसकेको भन्दै त्यहाँको अनुमानित जनसंख्या करिब ६ सय रहेको आंकलन गरेको हो ।

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठका अनुसार कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा भौतिक उपस्थितिमा जनगणना हुन सकेन तर इन्डाइरेक्ट टेक्निक्सहरूप्रयोग गरेर त्यहाँको प्रारम्भिक जनसंख्या निकालेको बताए । विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार कालापानी क्षेत्रको जनसंख्या करिब पाँच सयदेखि ६ सयको बीचमा रहेको बताएका छन् ।

भारतीय सेनाले नेपालको लिम्पियाधुरा क्षेत्रलाई आफ्नो कब्जामा राखेको छ । वरिष्ठ पत्रकार भैरव रिसालका अनुसार पहिले लिम्पियाधुरा क्षेत्रको जनसंख्या १५०० को हाराहारीमा थियो भने उक्त समयमा नेपालको कुल जनसंख्या ९४ लाख १२ हजार ९ सय ९६ जना थियो । 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  २ : ५० बजे