दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

गरीब जनतालाई उज्यालो

रोल्पा – सुनिलस्मृति गाउँपालिका –  ४ ले गरीब जनताका लागि उज्यालो दिएको छ ।  वडाका २० युनिटभन्दा  कम विद्युत् खपत गर्दै आएका ५२७  घरधुरीलाई विद्युत्  उपलब्ध गराइएको  हो । 

कोरोनाका  कारण लामो समयदेखि  रोजगारी गुमाएका गरीब तथा विपन्नलाई वडा कार्यालयको   निःशुल्क उज्यालो कार्यक्रमले प्रत्यक्ष फाइदा पु¥याएको छ । 

कार्यक्रमअन्तर्गत वडाले  विपन्नको विद्युत्  महसुल नेपाल विद्युत प्राधिकरणमा भुक्तानी गरेको  छ ।  आठ सय २० घरधुरी रहेको वडामा विद्युत्को पहँुच भएका ७५९ घरधुरी छन् । विद्युतको पहँुचमा रहेकामध्ये  २० युनिटभन्दा कम विद्युत् खपत गर्ने  घरधुरीका लागि विद्युत  महसुल तिरिदिइएको वडाध्यक्ष गञ्ज  क्षेत्रीले  बताउनुभयो । 
 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  २ : ३५ बजे