आज ज्येष्ठ ३ गतेको दिन नेपाली राजनीतिको कालो दिनको रुपमा मा सधैँ सम्झना हुने गर्दछ । धेरै नेपाली छोरा छोरीले आफ्ना बाबु आमाको तिथि मिति बिर्सेलान् तर देशभक्त सपूतहरूले २०५० साल ज्येष्ठ ३ गते कहिल्यै कसैले बिर्सन सक्तैन । मदन भण्डारी र जीवराज आश्रितलाई त्रिशूलीले निलेको दिन । दासढुंङ्गा हत्याकाण्डका रहस्य आजका दिन सम्म पनि गर्भ गृहबाट बाहिर आउन सकेनन् । यसका जीवित दसी प्रमाणहरू पनि अब के नै बाँकी होलान् र ?
मदन बिनाको नेपाल र मदन बिनाको एमाले भएको पनि अठ्ठाईस वर्ष बितिसकेको छ । दुरदृष्टि बोकेका देशभक्त राजनीतिज्ञको सम्झनाले आज पनि मदन भण्डारी भएको भए भनेर……मनले खोजी नै रहन्छ । मदन भण्डारी नभएको भए शायद २०४६ सालको आन्दोलन निर्णायक तहमा पुग्थ्यो नै भनेर ठोकुवा गर्न सकिँदैन थियो । उहाँले नै अन्य राजनीतिक शक्तिलाई आफ्नै बाहु बलले लतारेर रण मैदानमा उतारेको ताजा इतिहास छ ।
उहाँको सक्रिय र दुरदृष्टि भएको कारणले नै २०४७ सालको बहुदलीय संसदीय संविधान जारी भएको थियो । दरवारिमा जनेल,कर्नेललाई लल्कार्न नसकेको भए नेपालको संविधान त्यो तहको प्रगतिशील अवश्य पनि आउन सक्ने थिएन भनेर सजिलै अनुमान लगाउन सकिन्छ । यसो हुनुमा मदन भण्डारीको अहम् भूमिका रहेको थियो । मदन भण्डारीको सबल र सक्षम नेतृत्वको बलले नै राजाले दरबारमा खुम्चनु परेको थियो । दरबारको साधन,श्रोत र शक्ति मदनको आवाज अगाडि निरिह बनेर झुक्दथे ।
मदन भण्डारी सँगको सामिप्यता अनौपचारिक र औपचारिक गरेर बाह्र तेह्र बर्ष जति बितेका रहेछन् । उहाँ सँगको दोहोरो परिचयको अवधि भने चार वर्ष मात्रै भयो भन्नु उपयुक्त रहला । २०३८÷३९ साल तिर मानव अधिकार मञ्चको कार्यक्रम विराटनगरमा थियो । सो कार्यक्रममा नै उहाँको अनुहारको तस्बिर आँखामा कैद भएको रहेछ जस्तो लाग्छ ।
मदनको राजनैतिक र वैचारिक सप्तकोशीलाई छेक्ने खहरेहरुको केही दया चलेको पाइँदैनथ्यो । वर्तमानमा सम्माननीय प्रधानमन्त्रीलाई बाटो छेकेको भन्दा चर्को थियो मदन भण्डारीको लागि पनि पार्टीको कामलाई अगाडि बढाउन । आन्तरिक र बाह्य तत्त्वहरूलाई लल्कार्न सक्ने असीमित क्षमता राख्नु हुन्थ्यो भने नेता कार्यकर्ता र जनता सँगको सामीप्यले उहाँको सहनशीलता, धैर्यता र लगनशीलताले देशले क्षमतावान् नेता पाएको महसुस दरबार देखिन् झुप्रा सम्मले गरेको पाइन्छ ।
यो नै उहाँ सँगको पहिलो अनौपचारिक भेट थियो भन्ने ठहर छ । खानदानी परिवारको जस्तो लाग्ने चिटिक्क परेको पहिरनमा साइकलमा यात्रा गर्ने घरी यता र घरी उताको कोणमा आँखा लगाएर परिस्थितलाई क्षण क्षणमा नियालेर बसमा राख्न सक्ने अत्यन्तै चतुर व्यक्ति नै मदन भण्डारी हुनुहुँदो रहेछ भन्ने रहस्य २०४७ साल ज्येष्ठ असारमा झापामा भएको मेची अञ्चल स्तरीय अगुवा कार्यकर्ताको भेटमा खुलेको थियो । लामो समय उहाँ सँगको चिनजानी राजा चिनाई भन्दा उल्टो हुने गर्दथ्यो ।
कुनै पनि भूमिगत नेताले खुला कार्यकर्ताको रौँ केस्रा सबै केलाएको हुन्थ्यो भने कार्यकताले कोही कसैको बारेमा जानकारी राख्नु, परिचयको खोजीनिती गर्नु बर्जित थियो । नाम थर ठेगानाको खोजीनिती गर्नु अनुशासन उलङ्घनको घटना मानिन्थ्यो ।
झापाको धरमपुरमा मदनको पटक पटक उपस्थित भएको पाइन्छ । पञ्चायत कालमा मदन यहाँ आउने कारण यसरी पनि भएको थियो । २०३८ मा इलाम जेलबाट छुटे पछि धरमपुर नै राजनीतिक कामको मुख्य कर्मथलो बनेको थियो । २०३७ साल वैशाख २०मा भएको निर्दल र बहुदलको निर्वाचन परिणाममा निर्दलले जित्यो र बहुदलले हारेको घोषणा भए पछि बहुदलवादीलाई पञ्चले भ्याकुरो लखेटाई गरेका थिए । यो लखेटाई बाट बहुदलमा लाग्ने जनमतको रक्षा गर्नु पर्छ भन्ने शिक्षा भाव बलियो बन्दै गएको थियो । त्यो समयमा पार्टीको नेतृत्व चुस्त दुरुस्त रहेनछ कि क्या हो जस्तो भान पर्दछ यस समयमा । माले पार्टीको नीति स्पष्ट र परिपक्व आउँदैन थियो जस्तो भयो एक घटनाले ।
२०३६ चैत्र ९–११ सम्म चाबहिलको मित्र माध्यमिक विद्यालय, हालको पशुपति क्याम्पसमा अखिल एकताको पाँचौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । उक्त सम्मेलनमा बहुदलमा अखिल पाँचौँ लाग्ने कि नलाग्ने भन्ने दोधारको नीतिले सम्मेलनमा केही समय अन्यौलता छाए पनि अन्त्यमा बहुदलमा लाग्ने निर्देशनले विद्यार्थीमा नयाँ उभार लिएर आएको थियो । यसको समेत साक्षी बनेको यो टिप्पणीकार २०३८ सालमा भएको राष्ट्रिय पञ्चायतको चुनाव बहिष्कार गरेकोमा असहमत थियो । इलाम जेलभित्रबाट असहमति जनाउँदैमा हुने वाला नै के नै पो थियो र ? पार्टीको उपयुक्त समयमा उपयुक्त निर्णय क्षमता भएन भने जनतामा भड्काऊ आउँदो रहेछ । २०३८ सालमा झापाबाट पुहातु चौधरी र काठमाण्डौंबाट नानी मैया दाहालको विजय त्यसको रियक्सन थियो ।
झापाको धरमपुरमा स्थानीय तहको गाउँ पञ्चायतको निर्वाचनमा पार्टीको नीति विपरीत दुई वडाध्यक्षलाई पार्टीको समर्थनमा उमेद्धार बनायौँ र जितायौँ पनि । कमरेड भवानी लुइँटेलको विजय पश्चात् धरमपुर मा पार्टीको काम घनिभूत रूपले किसानको बिचमा फैलाउन सकियो । यसले आधार इलाकाको रुपमा विकास ग¥यो । सो पछि भने धरमपुर नेकपा मालेको सुरक्षित किल्ला बन्दै गयो । कुनै पनि तहका जिल्ला,अञ्चल, पूर्वाञ्चल क्षेत्र र केन्द्रका भूमिगत ठुला सम्मेलन र गोप्य मिटिंङ्ग बैठकको सुरक्षित स्थान बनेको थियो । यही कारणले २०४४ फाल्गुण महिनाको पहिलो हप्तामा किसान देवी रेग्मीको घरमा नेकपा मालेको दोस्रो विस्तारित बैठक सम्पन्न गराउने वातावरण तयार भएको थियो ।
यो लगायत धेरै कार्यक्रममा धरमपुरमा मदन भण्डारीको उपस्थिति रहेको पाउन सकिन्छ । सो समयका तत्कालीन नेतृत्व तहका सिपी मैनाली,झलनाथ खनाल, मोदनाथ प्रश्रित, जीवराज आश्रित, प्रदीप नेपाल, अमृत बोरोरा र अष्टलक्ष्मीहरूको आश्रयको मूल थलो थियो । भूमिगत रुपमा अनेक कार्यक्रममा पटक पटक मदनको उपस्थिति रहेको पाउन सकिन्छ । हारे पनि पञ्च वा जिते पनि पञ्च सँग चुनावमा भिड्दै जानु पर्छ भन्ने हाम्रो अन्तरमनको भावनालाई मदनहरूले नै बुझेर होला २०४२ साल देखिन् नै पार्टीले जनपक्ष भनेर नीतिगत व्यवस्था गरे पछि नै पञ्चायतको शिर देखि पाउ सम्म जरा हल्लन पुगेका थिए ।
मदन जस्ता धेरै नेताहरूलाई जनताले आफु ढाल बनेर जनताले नेतालाई पर्दा पछाडि राखेर भए पनि जनताको बिचमा पार्टी कामको फैलावट भएको थियो । केही थान लुङ्गी लगाएका भूमिगत नेताहरू मध्येमा एउटा आकृति मदन भण्डारी कै हुँदो रहेछ, जो आज पनि आँखामा नाचिरहेको हुन्छ ।
मदन भण्डारी सँग के कस्ता दृष्टिकोणहरू थिए भन्ने विषय संविधानमा राख्नु पर्ने भनेर अरूका भन्दा फरक र भिन्न प्रकृतिका २७ बुँदाले फरक क्षमताको परिचय दिएको थियो । प्रजातन्त्र वा संसदीय मूल्य मान्यता देश भित्र र देश बाहिर पनि कसैको बपौति सम्झने र जनतालाई पार्टी भन्दा टाढा राखेर राज्य सत्ताको परिकल्पनामा रमाउने वामपन्थ र दक्षिणपंथ धारलाई जनताको मैदानमा नीति कार्यक्रम सहित जन अनुमोदित हुनु पर्ने विषयले देशमा फरक वैचारिक क्षेत्रको द्वार निडरता पूर्वक खोलेको पाइन्छ । औपचारिक रुपमा मदन भण्डारीको परिचय देशले पुरै पाएको दिन २०४७ साल कार्तिक २३ गते वसन्तपुर डबलीबाट खुलेको थियो ।
२०४७ सालको संविधानको घोषणा सँगै औपचारिक परिचय खुल्ला भएको थियो । मदनले २०४७ सालको ज्येष्ठ महिनामा झापाको कलकलगुडी प्रशिक्षण केन्द्रमा दिएको पहिलो प्रशिक्षणले तानेको ध्यान आजका दिन सम्म पनि आकर्षणमा रहेको छ । स्पष्ट बोली र व्यवहारले उहाँ सँग जो पनि सुरm मै प्रभावित नहुने बिरलै थिए होलान् जस्तो लाग्दथ्यो । नेता र नेतृत्वमा हुने गुण र क्षमताको उहाँ खानी नै हुनु हुन्थ्यो । त्यस पछि मदनको भाषणले तानेको नेपाली जनताको वैचारिक धरातल नै आजको नेकपा एमालेको विशाल रुप थियो भनेर कतै पनि छिपेको छैन ।
मदन भण्डारी सँगको सामिप्यता पाँचौँ महाधिवेशनमा बाक्लै भएको थियो । मदनलाई राजनैतिक र वैचारिक रूपले छेक्न तत्कालीन समयमा के कस्ता हर्कतहरु भएका थिए भने धेरैको मानस पटलमा आज पनि ताजै हुनु पर्दछ । जवजको विरुद्धमा चर्का चर्का भाषण गर्नेहरू महाधिवेशनको हलबाटै बढारिएका थिए ।
मदनको राजनैतिक र वैचारिक सप्तकोशीलाई छेक्ने खहरेहरmको केही दया चलेको पाइँदैनथ्यो । वर्तमानमा सम्माननीय प्रधानमन्त्रीलाई बाटो छेकेको भन्दा चर्को थियो मदन भण्डारीको लागि पनि पार्टीको कामलाई अगाडि बढाउन । आन्तरिक र बाह्य तत्त्वहरूलाई लल्कार्न सक्ने असीमित क्षमता राख्नु हुन्थ्यो भने नेता कार्यकर्ता र जनता सँगको सामीप्यले उहाँको सहनशीलता, धैर्यता र लगनशीलताले देशले क्षमतावान् नेता पाएको महसुस दरबार देखिन् झुप्रा सम्मले गरेको पाइन्छ ।
२०४९ सालमा झापाको धरमपुर गाविसको अध्यक्षमा निर्वाचित भएको थिए । मेरो गाउँलाई सो समयमा छिमेकीहरूले पूर्वी पाकिस्तान नामकरण गरेका थिए । विकासमा नाममा हाम्रो गाउँमा शून्यता थियो । पूर्व पश्चिम राजमार्गको काखमा भएको गाविसमा विकासका कुनै पनि पूर्वाधार थिएनन् । उन्नाइस बिस हजार बजेट भएको गाविसमा एक लाख बिस हजार कर्मचारीको तलब भत्ता भुक्तान गर्न बाँकी रहेछ । जनपक्ष समयबाटै पार्टीको भोट बैङ्क थियो धरमपुर । एमालेको बाहुल्य भएको गाउँलाई समृद्धिको सपना सजाएर म विकास खोज्न काठमाण्डौं हानिएको थिए । सो समयमा नेकपा एमालेको पार्टी अफिस बागबजारमा थियो र महासचिव हुनुहुन्थ्यो मदन भण्डारी । सो समयमा उहाँ सँग सानो जिज्ञासा राखेको थिए । मेरो जिज्ञासामा महासचिवलाई केही प्रश्न सोधेको थिए “ निर्वाचित जनप्रतिनिधिको लोक प्रियतामा कमी आउन नदिन र जनप्रतिनीधिहरुलाई भ्रष्टाचार गर्ने र हुने वातावरणबाट जोगाउन पार्टीले कस्तो नीति बनाएर निर्देशन गर्नेछ र कुनै पनि तहका जनप्रतिनिधिको लोकप्रियतामा कमी आउन नदिने के कस्ता विधि र नीति अवलम्बन गरेर हामीलाई पार्टीले बचाउन सक्ला ? भनेर प्रश्न गरेको थिए । पार्टीका लागि हाम्रो भूमिका के कस्तो रहनु पर्दछ ” । यी वचन सुनेर भन्नु भएको थियो । सबै समस्याको समाधान महाधिवेशन पछाडि निकाल्नु पर्दछ भन्नु भएको थियो । आज पनि त्यसको सम्झना भई रहेको छ । महाधिवेशन पनि भयो । उहाँ र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित कार्यकर्ता र जनताको भावना बुझ्दै देश दौडाहामा निस्कनु भएको पुनः केही कसैसँग सँग कहिल्यै भेट नहुने गरी अन्त्य भयो । उ समयका मेरा दैनिकी बिहान छ बजे देखिन् रातको आठ नौ बजे सम्म बाहिर नै बित्ने गर्दथे । ज्येष्ठ ३ गते पनि धरमपुर ८का भैरव अधिकारीको विवाहबाट घर फर्कँदा श्रीमती सावित्रा छोरीहरू निर्मला रमिला प्रमीला र छोरा गणेश सात बजेको खबर सुनेपछि घटनाको जानकारीले रुवाबासी गरेर बसेका रहेछन् । मेरो उपस्थिति पछि हामी नराम्ररी रmवाबासीमा डुब्यौँ । रातमा न अन्नले पेटमा प्रवेश पायो न आँखामा निन्द्रा नै आयो । क्षण भरमा देश नै रmवाबासीमा डुबेको दिन थियो ।
आज ज्येष्ठ ३ गते तत्कालीन महासचिव मदनकुमार भण्डारी र कुशल संगठक जीवराज आश्रित प्रति भावपूर्ण श्रद्धाञ्जली ।
प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार २ : २८ बजे
प्रतिक्रिया