कोरोनाको सङ्क्रमण दर बढेसँगै लमजुङमा आलोपालो सेवा 

लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सेवाग्राहीका लागि आलोपालोको व्यवस्था गरेको छ । 

जिल्लामा संक्रमणदर बढेकाले आजबाट स्थानीय तहका नागरिकलाई आलोपालो सेवा दिने भएको हो ।  

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार साताको ६ दिन जिल्लाका ८ वटा स्थानीय तहका नागरिकलाई पालैपालो सेवा प्रवाह गरिनेछ । आइतबार दूधपोखरी र मर्स्याङ्दी गाउँपालिकाका नागरिकले सेवा लिन पाउनेछन् ।  

सोमबार क्व्होलासोथर र दोर्दी गाउँपालिकाका नागरिकले सेवा लिन पाउनेछन् । 

यस्तै मङ्गलवार मध्यनेपाल नगरपालिका, बुधवार सुन्दर बजार नगरपालिका, बिहीबार राइनास नगरपालिका र शुक्रवार बेंसीशहर नगरपालिकाका नागरिकलाई सेवा लिन पाउनेछन् । 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ९ : ३७ बजे