काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम र गण्डकीमा सामान्य बदली रही बाँकी प्रदेशमा आँशिक बदली छ ।
सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भएको छ । त्यस्तै , दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।
राति पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
बिहीबार प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली हुनेछ । पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको आँकलन मौसमविद्ले गरेका छन् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ माघ १२ गते (बुधवार)
दिउँसो: देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
राती: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
२०७८ माघ १३ गते (बिहीबार)
दिउँसो: प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ।
देशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
राती: प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ।
प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
२०७८ माघ १४ गते (शुक्रवार)
दिउँसो: देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ ।
देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
राती: देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ ।
देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
प्रकाशित मिति : १२ माघ २०७८, बुधबार ७ : ५३ बजे
प्रतिक्रिया