‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाल र मरिसस बीचको खेलमा दर्शकलाई प्रवेश अनुमति

काठमाडौँ । नेपाल र अफ्रिकी मुलुक मरिसस बीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनुमति दिइने भएको छ ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एक तिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । 

नेपालले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल खेल्न मरिससको फुटबल टोली नेपाल आइसकेको छ । पहिलो खेल माघ १५ गते तथा दोस्रो खेल माघ १८ गते हुने तय भएको छ ।  

एन्फाले दर्शकलाई खेल अवलोकन गर्न सामान्यतर्फ प्रति व्यक्ति रु पाँच सय र भिआइपीतर्फ रु एक हजार टिकट दर कायम गरेको छ । 

मरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज खेलाडीको अन्तिम नामावली सार्वजनिक गर्नुहुने भएको छ ।  

एक सातादेखि ३४ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । 

नेपाल आएपछि पिसीआर परीक्षण गर्दा मरिससका चार खेलाडीमा कोरोना देखिएको छ । चारै जना हाल आइसोलेसनमा छन् । रङ्गशाला प्रवेशका लागि सबैलाई कोरोना विरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ । खेल साँझ पौने पाँच बजेदेखि सुरु हुनेछ । रासस 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ७ : २२ बजे