पार्टीको एकता बलियो बनाउन एमाले अनुशासन आयोगको आग्रह

 काठमाडौँ  नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्ले पार्टीका विपक्षीहरुले फैलाएको भ्रम चिर्न पार्टीलाई राजनीतिक तथा वैचारिकरूपमा अझ सजग तथा सक्रिय बनाउन आग्रह गरेको छ ।

परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आज विज्ञप्ति जारी गरी पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्न बढी केन्द्रित बन्नुपर्नेमा जोड दिनुभएको हो । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सो परिषद् गठन गरेको थियो ।

अध्यक्ष बोहराले एमालेले पार्टीलाई एकताबद्ध, गतिशील र सुदृढ बनाई सबैखाले अवसरवाद र अराजक प्रवृत्तिबाट मुक्त गर्दै खँदिलो एकताका साथ वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने बाटोमा दृढतापूर्वक लाग्न आग्रह गर्नुभएको छ । 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ९ : ०८ बजे