एकैदिन १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट २५ हजार ९०९ जनामा परिक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप ३ हजार ४० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार आज काठमाडौंमा ४८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जना संक्रमित थपिएका हुन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ६६७ पुगेको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ५ : ०० बजे