अध्यक्ष ओलीलाई स्वास्थ्यलाभको कामना गर्ने सबैलाई एमालेको धन्यवाद

​​​​​​​काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्यलाभको कामना गर्ने सबैलाई नेकपा एमालेले धन्यवाद ज्ञापन गरेको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले -‘अध्यक्ष कमरेडको स्वास्थ्यअवस्थाप्रति चासो राख्दै विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका सबै दिदिबहिनी तथा दाजुभाईहरुलाई हाम्रो पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ ’ भन्दै विज्ञप्ति जारी गर्नुभएको हो ।

उहाँले एमालेका अध्यक्ष केपी शर्मा ओली कोभिड संक्रमणका कारण विगत ४ दिनदेखि आफ्नै निवास भक्तपुर, बालकोटमा आराम गरिरहनुभएको र  स्वास्थ्यवस्था सामान्य रहेको बताउनुभएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ३ : २१ बजे