‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

रावलको आँखामा समस्या : कार्यदलको बैठक अनिश्चित

काठमाडौं। नेकपा एमालेभित्रको विवाद टुंगो लगाउन गठन गरिएको १० सदस्यीय कार्यदलको बैठक अनिश्चित बनेको छ। 
माधव पक्षका कार्यदलको नेतृत्वकर्ता भीम रावलको आँखामा समस्या भएपछि बैठक अनिश्चित बनेको बताईन्छ । 

 
एमाले भित्रको विवाद समाधान गर्न  अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता गरेर १० सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । 

कार्यदलमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट पाँच–पाँच जना हुनुहुन्छ । ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण विष्ट रहनुभएको छ । 
कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न म्याद दिइएको छ। 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  १ : ५६ बजे