सरकारको ढिलासुस्तीका कारण २० वटा राजदूतावास नेतृत्व विहीन

काठमाडौं – महामारीको समयमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने समयमा २० वटा नेपाली राजदूतावास नेतृत्व विहीन भएको छ ।

नेपाल सरकारको विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा लामो समयदेखि राजदूत नियुक्ति नगर्दा  नेतृत्व विहीनअवस्थामा रहेको हो ।

असल सम्बन्ध स्थापित गर्न अत्यावश्यक माध्यमका रूपमा रहेको राजदूतावास खालि हुँदा नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलनमा राख्न सक्दैन । नेपालले हालसम्म विश्वका १७१ मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न सफल भएको छ । तर सरकारको ढिलासुस्तीको कारण राजदूत नियुक्त नहुँदा उक्त सम्बन्ध नाम मात्रको रहन जाने कूटनीतिज्ञहरू बताउँछन् ।

राजदूत नियुक्तिमा ढिलाइ हुँदा र यसरी राजदूत पद खाली रहँदा नेपालको आफ्नो प्रतिनिधित्वमा विदेशमा सवाल उठ्न सक्ने जानकारहरू बताउँछन्  ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  १० : ०९ बजे